शिखर नगरपालिमा पोषण सहजकर्ताका लागि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शिखर नगरपालिमा पोषण सहजकर्ताका लागि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु


१६ बैशाख २०७६, सोमबार


डोटी । शिखर नगरपालिका डोटीमा पोषण सहजकर्ताका लागि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सोमवार सुरु भएको छ ।

वहुक्षेत्रिय पोषण परियोजना तथा शिखर नगरपालिका डोटीको संयुक्त आयोजना संचालन भइरहेको तालिममा वहुक्षेत्रिय पोषण योजना लागु रहेका नगरपालिकाका छ वटा वडाका १२ जना महिला सहजकर्ताको सहभागिता रहेको छ ।

हजार दिनका गर्भवती महिलाकाको पोषणमा सुधार होस भन्नका लागि स्वयम सेवक मार्फत विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने उदेश्यले यो तालिम संचाल गरिएको शिखर नगरपालिकाका श्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताए । तालिम पश्चात स्वयम सेवकले प्रत्यक हप्तामा आमा समुहको बैठक राखी पोषणसंग सम्वन्धित विभिद विषयमा छलफल गर्ने स्वास्थ्य इकाइ प्रमुख शाहले बताए ।

तालिम उद्घाटनका क्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले तालिमबाट  उत्पादित श्वयम सेवकले हजारदिनका गर्भवती महिलाको पोषण सुधारमा विशेष भुमिका खेल्लेमा विश्वास व्यक्त गरे। बहुक्षेत्रिय पोषण कार्यक्रम र नगरपालिकाको आझेदारीमा नगरपालिकामा पोषण सम्वन्धि महत्वपूर्ण कार्यक्रम संचालन गरिरहेको बताए ।

तालिम उद्घाटन कार्यक्रममा वहुक्षेत्रिय पोषण परोयोजना डोटी जिल्लाका सम्वन्धित व्यक्ति विष्णु जोशी , बहुक्षेत्रिय परियोजना डोटीका संयोजन चाणक्य अधिकारी, शिखर प्रमुख प्रशासकिय अधिकृत धर्मबिनाडी, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर, श्वास्थ्य इकाइ प्रतिनिधि दिल व रावल, कृषि इकाइ प्रमुख मदन खड्काको सहभागिता रहेको थियो ।

तालिममा सहभागिलाइ पोषण जिल्ला संयोजक, नगरपालिकाका कृषि इकाइ प्रमुख, महिला तथा वालवालिका इकाइ प्रमुख, पशु इकाइ प्रमुख, स्वास्थ्य इकाइ प्रमुख लगायतकाले प्रशिक्षण चलाइने वहुक्षेत्रिय पोषण परियोजना डोटीका संयोजक चाण्यक्य अधिकारीले वताए । तालिममा कार्यक्रम संचालनमा रहेका वडा १,२,५,९,१०,११ का प्रत्यकवाट दुई जनाका १२ जनाको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस