सरकारी सञ्चारमाध्यम प्रतिस्पर्धी हुनुपर्छ : मन्त्री कार्की « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकारी सञ्चारमाध्यम प्रतिस्पर्धी हुनुपर्छ : मन्त्री कार्की


प्रशासन संवाददाता

१ बैशाख २०७६, आइतबार


विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी सञ्चारमाध्यम प्रतिस्पर्धी भएर कार्य गर्नुपर्ने बताएका छन् ।

नेपाल टेलिभिजन प्रदेश नं १ ब्यूरो कार्यालयको आज विराटनगर–११ स्थित राष्ट्रिय समाचार समिति (रासस) प्रदेश कार्यालय भवनमा उद्घाटन गर्दै उनले सरकारको कामको ढाकछोप नगरी सत्यतथ्यका आधारमा जनतासमक्ष सही सूचना पुर्‍याउनुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले नेपाल टेलिभिजनलाई बढी प्रभावकारी र चलाएन भएर कार्य गर्न आग्रह गर्दै सरकारी सञ्चारमाध्यमकका कर्मचारीले जागिरे अड्डाको मानसिकता तोडी निजी क्षेत्रसँग प्रतिस्पर्धी भएर जनताले चाहेका समाचार पस्कनपर्ने बताए ।

उनले राससको प्रदेश कार्यालयको प्राविधिक अध्ययन प्रतिवेदन पेश गरेमा प्रदेश सरकारले भवन मर्मतलगायत अन्य कार्यका लागि सहयोग गर्ने धारणा व्यक्त गरे।

नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र विष्टले संघीयताको संरचनासँगै प्रदेशस्तरको कार्यालय पहिलोपटक विराटनगरमा स्थापना गरिएको बताउँदै सरकारको प्रचार होइन आवाजविहीनको आवाज बन्ने उद्देश्यले कार्य गर्ने विचार व्यक्त गरे ।

उनले प्रदेशसभा, सरकार, संसद् गतिविधि समेट्ने गरी टेलिभिजनले कार्य गर्ने जानकारी दिँदै मित्यव्यीता अपनाउन सरकारी सञ्चारमाध्यमको भवनको प्रयोग गरिएको बताए ।

नेपाल टेलिभिजनका प्रदेश ब्यूरो प्रमुख मोहन मानन्धर, प्रमुख जिल्ला अधिकारी रमेश केसी, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी टेलिभिजनले व्यावसायिक पत्रकारिताको धर्म पालन गर्नुपर्नेमा जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस