प्रादेशिक व्यापार महोत्सवमा प्रदर्शन गर्न भारतबाट ल्याइएका दुईवटा ऊँट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रादेशिक व्यापार महोत्सवमा प्रदर्शन गर्न भारतबाट ल्याइएका दुईवटा ऊँट


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


बाँके । नेपालगन्जमा आयोजना हुने ‘प्रादेशिक महोत्सव २०७५’ को लागि भारतबाट २ वटा ऊँट ल्याइएको छ।

भारतको राजस्थानबाट गाडीमा हालेर ल्याइएका ऊँट बिहीबार नेपालगन्जमा आइपुगेको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ। भारतबाट ल्याइएका ऊँट महोत्सव स्थलमा राखिएका छन्।

फागुन १९ गते आइतबार बिहान ९ बजे नेपालगन्ज उद्योग वाणिज्य संघबाट शुरु हुने महोत्सवको झाँकीमा ऊँट प्रदर्शन गरिने प्रचार प्रसार समितिका संयोजक टंकबहादुर धामीले जानकारी दिए।

प्रादेशिक महोत्सवमा पहिलो पटक नेपालगन्जमा ऊँट ल्याइएको आयोजकले जनाएको छ। ‘महोत्सवमा यसपटक नयाँ गर्न खोज्दै छौँ’, संयोजक धामीले भने, ‘त्यसैकारण नेपालगन्जका लागि नयाँ ऊँट ल्याएका छौं।

’ उनका अनुसार हात्ती ल्याउने भनिए पनि नयाँ व्यवस्था अनुसार निकुञ्ज बाहिर लैजान नमिल्ने भएपछि हात्ती ल्याउन नसकिएको उनले बताए। प्रादेशिक महोत्सव तीन दिन पछि सरेको छ। प्रादेशिक महोत्सव अब फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए।

तयारी अन्तिम चरणमा पुगेका बेला बुधबार बिहानदेखि नेपालगन्जमा लगातार पानी परेपछि महोत्सव तीन दिनपछि सार्नु परेको अध्यक्ष बैश्यले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस