काठमाडोँ । नेपाल वायुसेवा निगममा सयौँ कर्मचारीको माग भएको छ ।
लोक सेवा आयोगबाट खुल्ला प्रतियोगिताद्वारा स्थायीरुपले पूर्ति गरिने सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदका लागि निगमले शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो ।
निगमले दरखास्तका लागि आह्वान गर्दै फागुन १० गतेबाट २१ दिनको म्याद दिएको छ ।