गगन थापाको आरोप : सत्ता गठबन्धनको व्यवहार निरंकुशताउन्मुख  « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

गगन थापाको आरोप : सत्ता गठबन्धनको व्यवहार निरंकुशताउन्मुख 


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनले देखाएको व्यवहार निरंकुशताउन्मुख रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको व्यवहार निरंकुशताउन्मुख र अनुदारवादी रहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘हाम्रो विरोध प्रदर्शन जुन सत्ताले रबैया देखाइरहेको छ, निरंकुशता उन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ ।’

उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए ।

‘प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी’, उनले भने ।

महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको संसदीय छानबिन समितिको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए । महामन्त्री थापाले सरकारलाई झकझक्याउने समय आएको बताए ।

उनले भने, ‘यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै बिस्तारै तपाईँ हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस