२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले भन्यो-व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।

आज बिहान काँग्रेस नेताहरूको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरू कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’ तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा काँग्रेस सहमत छैन ।

काँग्रेस सहमहामन्त्री परियारले भने, ‘अहिले सत्तारुढ दलका साथीहरु यति चलाखीपूर्ण कुरा गरिरहनु भएको छ कि, कुनै पनि सहकारीबाट पैसा लिंदाखेरी नियमसम्मत लियो कि लिएन र त्यो कम्पनीमात्र जवाफदेही हुने कुरा हो । कम्पनीका सन्चालक जवाफदेही हुने कुरा हो भन्ने ढंगले उहाँहरू प्रस्तुत हुनुभएको छ । त्यस कुराले समस्याको समाधान निस्किंदैन । काँग्रेस पार्टी स्पष्ट छ ।’

उनले अगाडि भने, ‘उहाँहरू त एकपछि अर्को गरी कसरी हुन्छ, उम्किने बाटोतिर जाने कोसिस गर्दै हुनुहुन्छ । त्यसप्रति हामी सचेत छौँ ।’ आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका थिए । देउवालाई भेट्न ‘प्रचण्ड’ बूढानीलकण्ठ पुगेका थिए ।

सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस