हातहतियारको नवीकरण गर्न डोटी प्रशासनको आग्रह « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

हातहतियारको नवीकरण गर्न डोटी प्रशासनको आग्रह


२३ बैशाख २०८१, आइतबार


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले विभिन्न मितिमा हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरूलाई नियमानुसार नवीकरण गर्न आग्रह गरेको छ ।

प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै कार्यालयको हातहतियार अभिलेखमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले हातहतियार नवीकरण गराएको नदेखिएको भन्दै दर्ता गराउन भनेको हो । 

सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनिवार्य नवीकरणको लागि हातहतियार र इजाजत पत्र सहित उपस्थित भई नवीकरण गराउनु हुन जानकारी गराउनुका साथै पाँच वर्ष भन्दा बढी नवीकरण नगरी म्याद गुजारेकाहरूको हकमा हातहतियार र इजाजत पत्र अनिवार्य रूपमा प्रशासन कार्यालयमा बुझाउन हुन सबैलाई आग्रह गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । 

यदि कुनै व्यक्ति संस्थाले इजाजत प्राप्त गरी हातहतियार राखेको लामो समय सम्म नवीकरण नगरी अटेरी गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत प्रजिअ अर्यालले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस