फिल्म खेल्दै ऋषि धमला, निर्मातासँग लिखित सहमति « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

फिल्म खेल्दै ऋषि धमला, निर्मातासँग लिखित सहमति


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सौगात मल्ल स्टारर कमेडी-ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।

उनी फिल्ममा पत्रकारको महत्त्वपूर्ण भूमिकामा देखिन लागेको बताइएको छ । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरिसकेका छन् ।

धमलाले यसअघि आफ्नी पत्नी एलिजाको शीर्ष भूमिका रहेको फिल्म ‘अनुराग’को निर्माण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस