छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने


१२ बैशाख २०८१, बुधबार


डाक्टर

काठमाडौँ । सरकारले वैशाख ३१ गते वृहत् खोज र खोप अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत् खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस