हीनताबोध नगरी राजसंस्थाको पुनः स्थापनाका लागि नवीन समझदारी गरौंं : राजेन्द्र लिङदेन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हीनताबोध नगरी राजसंस्थाको पुनः स्थापनाका लागि नवीन समझदारी गरौंं : राजेन्द्र लिङदेन


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अभिभावकीय राजसंस्थाको पुनः स्थापना गर्न ढिला गर्न नहुने बताएका छन् ।

कतारका राजा शेख तमीम विन हमद अल थानीलाई नेपालमा स्वागत गर्दै उनले नेपालमा पनि राजसंस्था पुनः स्थापनामा ढिला गर्न नहुने बताएका हुन् ।

‘कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिने कार्यक्रम छ । नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो’, उनले भनेका छन्, ‘त्यसैले हीनताबोध नगरौँ, नवीन समझदारी गरौंं ।’

नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनः स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनः स्थापना गर्नुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस