तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका निर्णय र परम्परालाई सच्याउन समय लाग्ने बताएका छन्।

कतारका अमिर शेख तमिम बिन हमाद मंगलबार नेपाल भ्रमणमा आउन लागेका छन्। उनी नेपाल आउन लागेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ। सरकारको उक्त कदमकाे चौतर्फी आलोचन भएपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएका हुन्।

उनले तीन दशकका अभ्यासहरूलाई नीतिगत निर्णय गरी सच्याउन समय लाग्ने भएकोले धैर्य गर्न आग्रह गरेका छन्।

विधि नफेरिकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही नहुने पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस