३२ शाखा अधिकृतको सरुवा(नामावलीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

३२ शाखा अधिकृतको सरुवा(नामावलीसहित)


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । ३२ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरू ईन्द्र बहादुर क्षेत्रीलाई राष्ट्रिय योजना आयोग, रमेश प्रसाद रिजाल र विकाश डङ्गोललाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, विजय सापकोटालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गणेश विक्रम बस्नेतलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गणेश तामाङ र सूर्यलाल विश्वकर्मालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, दुर्गा कुमारी दाहाललाई युवा तथा खेलकुद मन्त्रालय र रामकृष्ण घिमिरेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । 

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृतहरू रुद्र बहादुर पछाईको र तीर्थराज कट्टेलको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, हरिगोपाल कर्माचार्यको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरुवा गरिएको छ भने मान सिंह धामीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका  विश्वबन्धु रेग्मीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ । 

प्राप्त विवरण अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृतहरू राज बहादुर विष्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सरोज भट्ट र प्रमोद तिम्सिनालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । 

यस्तै राष्ट्रपतिको कार्यालयका शैलेन्द्र ढकाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाउँदा सो मन्त्रालयमा कार्यरत सन्तोष कोइरालालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज कुमार दुलाल, टङ्क बहादुर नेगी, लाल बहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रालयकी ईश्वरी अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शम्भु बोगटीलाई अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नारायण प्रसाद भण्डारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामान्यकै अतिरिक्त समूहमा रहेर काजमा निजामती कर्मचारी अस्पतालमा कार्यरत गौतम घिसिङलाई अर्थ मन्त्रालय, सामान्यकै अतिरिक्त समूहमा रहेर काजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कार्यरत दशरथ दत्त भट्टलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । 

यसैगरी वन तथा वातावरण मन्त्रालयका राजेश्वर पौडेललाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालयका शिव नारायण महतोलाई  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत दरबन्दी रही मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ भने कृषि तथा पशुपंक्षी विकाश मन्त्रालयका पवन मिजार र विनाराज बुढाथोकीको क्रमशः शिक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको विवरण प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस