हीरक महोत्सवमा गएनन् माधव नेपाल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

हीरक महोत्सवमा गएनन् माधव नेपाल


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । नेकपा स्थापनाको अवसरमा हीरक महोत्सवमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोह सुरु भएको छ ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो ।

समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा उपस्थित छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपाल भने गएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस