आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएको राप्रपाको टिप्पणी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएको राप्रपाको टिप्पणी


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । कतारका राजाको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वागत गरेको छ। तर आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको छ ।

राप्रपाका एक नेताले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गरेका छन्। विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको उनको भनाइ छ। उनले नेपालका राजालाई पनि स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन्।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै सरकारलाई ४० बुँदै ज्ञापनपत्र बुझाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस