भित्ते पात्रो सार्वजनिक गर्दै परराष्ट्रमन्त्री « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

 भित्ते पात्रो सार्वजनिक गर्दै परराष्ट्रमन्त्री


८ बैशाख २०८१, शनिबार


काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज भित्ते पात्रो सार्वजनिक गरेका छन् । गोरखामा जन्मेर काठमाडौँमा पत्रकारिता गरिरहेका पत्रकारहरूको समाजले प्रकाशन गरेको भित्ते पात्रो सार्वजनिक गर्दा परराष्ट्रमन्त्री श्रेष्ठले देशको भूराजनीतिको सम्वेदनशीलतामाथि पनि चर्चा गरेका थिए ।

गोरखामै जन्मेका श्रेष्ठले देशको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको चर्चा गरे । उनले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने पनि बताए ।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दिगो शान्ति कायम हुन नसक्ने दाबी गरे । पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू-राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस