बालगृहहरूको अवस्था अध्ययन गरी ‘रेकर्ड’ राख्न कर्मचारीलाई निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बालगृहहरूको अवस्था अध्ययन गरी ‘रेकर्ड’ राख्न कर्मचारीलाई निर्देशन


६ बैशाख २०८१, बिहिबार


ललितपुर । सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्बन्धित पक्षलाई निर्देशन दिएकी छन्  । 

ललितपुरस्थित राष्ट्रिय बाल अधिकार परिषद्को आज सम्पन्न  बैठकमा उनले  यस्तो निर्देशन दिएकी हुन् । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सडक मानव मुक्त गर्ने अभियान सञ्चालन गरेको थियो । 

“सडक बालबालिका मुक्त अभियान थालनी किन नगर्ने ?”, बैठकमा मन्त्री चौधरीले भनिन्, “यो अभियान चाल्यौँ भने हामी सफल हुन्छौँ ।” उनले अभियानका लागि सात सय ५३ वटै पालिकामा समेत समन्वय गरेर काम गर्नुपर्ने बताए ।  त्यस्तै, उनले बालगृहहरूको अवस्था के छ ? अध्ययन गरी ‘रेकर्ड’ राख्नसमेत कर्मचारीलाई निर्देशन दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस