सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेको निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेको निर्णय


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आजै शपथको तयारी छ ।

एमालेसहित, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस