नियत सफा भएकाहरू मात्रै रास्वपामा रहेको स्वर्णिम वाग्लेको दाबी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नियत सफा भएकाहरू मात्रै रास्वपामा रहेको स्वर्णिम वाग्लेको दाबी


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफूहरूले अहिलेको अवस्था परिवर्तन गर्नको लागि मात्रै राजनीतिमा आएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राजनीतिलाई कमाउन धन्दाको रूपमा प्रयोग गर्ने विकृत संस्कार आफूहरूले अन्त्य गर्ने बताए ।

‘सोच फराकिलो, विकासको पनि नयाँ खाका आओस्, नियत नै सफा हुनुपर्छ, राजनीतिलाई कमाउने साधनको रूपमा होइन, भ्रष्टाचार गर्ने साधनको रूपमा होइन, एक दुई कार्यकालसम्म काम गर्ने, अन्य क्षेत्रबाट केही विशिष्टता, राजनीतिबाटै दोहन गरेर लुट्ने, कमाउ धन्दावाला होइन उनले भने, ‘ अहिले तपाईँहरू देख्नुहुन्छ नि, मेरै उमेरका धेरै राजनीतिक गर्ने साथीहरू देखिने आम्दानी छैन, यहाँभन्दा पहिला कुनै पेसा पनि गरेको छैन ।, राजनीति नै गरिरहेको छ, जीवनशैली हेर्‍यो भने एकदम तडकभडक छ कहाँबाट आयो यो आम्दानी – त्यो सोध्नुभयो भने यो समस्याको जरामा पुग्नुहुन्छ।’

उनले थपे, ‘विकृत राजनीतिको भ्रष्टिकरणको पछाडि हाम्रो महँगो निर्वाचन प्रणाली र प्रश्न नसोध्दा मौलाइरहेको दण्डहीनताले नै हाम्रो राजनीतिलाई गाँजेको छ । त्यसलाई हामी ब्रेक गर्न चाहन्छौँ । त्यसैले रास्वपामा आबद्ध भएका साथीहरू, नेतृत्वदेखि अहिले मन्त्री भएकालाई हेर्नुभयो भने कहीँ न कहीँ छवि बनाइसकेका पात्रहरू भेट्नुहुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस