मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीद्वारा शपथ ग्रहण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीद्वारा शपथ ग्रहण


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।

बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथा पर्यटन मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन् ।

माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो ।

राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन् ।

१५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस