अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन गर्दै त्रिभुवन विश्वविद्यालय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन गर्दै त्रिभुवन विश्वविद्यालय


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी शिक्षा विभागले १५ र १६ वैशाखमा अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन गर्ने भएको छ ।

त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा हुने सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा रूपान्तरण नव-प्रवर्तन, सहकार्य र उत्प्रेरणा विषयमा छलफल हुनेछ ।

सम्मेलनका संयोजक तथा अंग्रेजी शिक्षा विभाग प्रमुख डा।गोपालप्रसाद पाण्डेका अनुसार अंग्रेजी भाषा शिक्षणका हालका प्रवृत्ति र विधिहरू साझेदारी गर्न सम्मेलन आयोजना गरिएको हो ।

नेपालसहित १२ राष्ट्रका ५०० भन्दा बढी विज्ञ सहभागी हुने सम्मेलनमा शिक्षकहरूको पेशागत विकास, भाषा शिक्षणमा रूपान्तरण, शिक्षणमा उत्प्रेरणा र सहकार्य, नव-प्रवर्तनमा आधारित भाषा शिक्षण पद्धति, शिक्षण र प्रविधि लगायत ९० भन्दा बढी अनुसन्धानकर्ताहरूबाट कार्यपत्रहरू प्रस्तुत हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस