रुसले युद्ध जिते तेस्रो विश्वयुद्ध सुरु हुने युक्रेनी प्रधानमन्त्रीको चेतावनी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

रुसले युद्ध जिते तेस्रो विश्वयुद्ध सुरु हुने युक्रेनी प्रधानमन्त्रीको चेतावनी


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्‍मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

वासिङ्टन डीसीमा बिबिसीसँगको कुराकानीमा युक्रेनी प्रधानमन्त्री सामिहालले अमेरिकी कङ्ग्रेसले वैदेशिक अनुदानसम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका हुन् । अमेरिकी सांसद ‘निकै विवादास्पद’ मानिएको किभलाई ६१ अर्ब अमेरिकी डलर सहायता दिनेसम्बन्धी विधेयकको पक्षमा उभिनेमा आफू आशावादी रहेकोसमेत प्रधानमन्त्री सामिहालले बताएका छन् ।

उक्त विधेयकमाथि यही शनिबार अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा मतदान हुँदैछ । उक्त प्रस्तावित विधेयकमा इजरायल र एसिया प्रशान्त क्षेत्रलाई सहयोगसमेत समेटिएको छ । बिबिसीसँगको कुराकानीमा युक्रेनी प्रधानमन्त्री सामिहालले भनेका छन्, हामीलाई हिजो चाहिएको थियो पैसा । भोलिलाई होइन, आजलाई पनि होइन ।’

रुससँगको युद्धमा युक्रेन पराजित भएमा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था नै ध्वस्त हुनेसमेत उनको चेतावनी छ । ‘यदि हामीलाई बचाँइदैन भने युक्रेन हार्नेछ । यसले अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था पनि ध्वस्त हुनेछ । विश्वको सुरक्षाका लागि नयाँ व्यवस्था आवश्यक हुनेछ । फेरि नयाँ तनाव उत्पन्न हुन सक्छ । यस्ता थुप्रै युद्धहरू हुन सक्नेछन् । यो घटना तेस्रो विश्वयुद्धको बाटोमा अगाडि बढ्नेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस