लुम्बिनी प्रदेशमा एमालेले टुंग्यायो मन्त्री, आजै शपथ लिने तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेशमा एमालेले टुंग्यायो मन्त्री, आजै शपथ लिने तयारी


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन् ।

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एकरएक जना मन्त्री बनाइसकेका छन् ।

महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस