सुदूरपश्चिमका सीमा नाका शुक्रबारसम्म बन्द « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमका सीमा नाका शुक्रबारसम्म बन्द


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमा नाका बन्द गरिएका हुन् ।

बैतडी प्रशासनका अनुसार यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।

उक्त अवधिमा सीमा नाकामा पूर्ण रूपमा आवतजावत बन्द रहनेछ । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस