भूकम्प प्रभावितका लागि करिब ३६ करोड सहायता कोषमा जम्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भूकम्प प्रभावितका लागि करिब ३६ करोड सहायता कोषमा जम्मा


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३६ करोड ३६ लाखभन्दा बढी रकम जम्मा भएको छ । कोषमा गत कात्तिक १८ गतेदेखि अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट ३६ करोड ३६ लाख ७७ हजार ११० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेका छन् । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्रालि, बुद्ध एयर, नागरिक उड्डयन प्राधिकरण र सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल लिमिटेड मकवानपुरले एक-एक करोड रुपैयाँ जम्मा गरेका छन् ।

तेस्रोमा चिनियाँ दुतावासले ९१ लाख दुई हजार १७४, चौथोमा एनआईसी एसिया बैंकले ५१ लाख, पाँचौँमा नेकपा ९माओवादी केन्द्र०, नेपाली काँग्रेस, कृषि विकास बैंकले ५०–५० लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् । यस्तै सामसुङ इन्डिया इलोक्ट्रोनिक्स प्राली भारतले ३९ लाख ९९ हजार ५९०, सिया उमेश चुजले २७ लाख ८७ हजार ६५९ जम्मा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी, लुम्बिनी विकास कोष, नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड, एभरेष्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, सानिमा बैंक, सिटिजन बैंक, डाबर नेपाल प्राली, नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड, यती ब्रुअरी लिमिटेड, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राली र निफ्राले २५-२५ लाख रकम जम्मा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस