खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको मन्त्री श्रेष्ठको दाबी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको मन्त्री श्रेष्ठको दाबी 


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको बताएका छन् ।  

मंगलबार काठमाडौँमा १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गरेको बताएका हुन् । 

मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरू सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले तीन दशकदेखिका बेथितिहरूलाई सुधारेर सम्भावनाहरूलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको बताए । उनले सबैजना निष्ठाका साथ इमान्दार भएर कोसिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फरफराउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस