पर्वतारोही निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्वतारोही निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् ।

नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।

१ वैशाख बिहान १२.१५ बजे उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन् ।

निम्स दाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक-पटक आरोहण गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस