रोनाल्डोलाई दुई खेल प्रतिबन्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोनाल्डोलाई दुई खेल प्रतिबन्ध


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । साउदी क्लब अल नासार स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ ।

साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो ।

रातो कार्ड पाएपछि उनले खेलको रेफ्रीलाई मुक्का ताकेको, अल हिलालका खेलाडीलाई धक्का दिएपछि उनलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।

दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका छन् ।

यो सिजन अल नासार साउदी प्रो लिगमा पहिलो स्थानको अल हिलाल भन्दा १२ अंकले पछि रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस