आइपिएलमा आज राजस्थान र कोलकोत्ता भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आइपिएलमा आज राजस्थान र कोलकोत्ता भिड्दै


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुँदैछ।

कोलकोत्ताको इडन गार्डेनमा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थान र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीच हुने आजको खेल निकै रोमाञ्चक हुनेछ।

राजस्थानले हालसम्म खेलेका ६ खेलमा ५ खेलमा जित हात पारेको छ भने १ मा पराजित भएको छ भने १० अङ्कका साथ राजस्थान तालिकाको शीर्ष स्थानमा रहेको छ। जबकि ५ खेल खेलेको कोलकोत्ता ४ खेलमा जित हात पार्दै र एकमा पराजित हुँदै ८ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा जित निकाल्दै कोलकोत्ता शीर्ष स्थानमा उक्लिन चाहन्छ भने राजस्थान आफ्नो शीर्षता कायमै राख्न चाहन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस