जोशी र ढकाल एआइजी बढुवा सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जोशी र ढकाल एआइजी बढुवा सिफारिस


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समिति सचिवालयले सोमबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गृह सचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक(आइजिपी) सदस्य सचिव रहेको समितिले उमेश राज जोशी र भिम प्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रवक्तासमेत रहेका ढकाल नेपाल प्रहरी प्रधान कार्यालयको आइजिपी सचिवालयमा कार्यरत छन् ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी) द्वय सन्दीप भण्डारी र मिरा चौधरी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । भण्डारी बुधवार(भोली) र चौधरी ७ गतेदेखि अवकाश हुँदै छन् । भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् भने चौधरी प्रशासन विभागमा कार्यरत छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस