जाँचपास स्क्यानिङ मेसिन नबनाइएपछि कार्गो व्यवसायीद्वारा सामान निकासी गर्न बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाँचपास स्क्यानिङ मेसिन नबनाइएपछि कार्गो व्यवसायीद्वारा सामान निकासी गर्न बन्द


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरूले सामान निकासी गर्न बन्द गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मेसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरूले भेला भई नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मेसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरूले आफूहरूको काम बन्द गरेको बताए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए । उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस