नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र नाङ्गो ढङ्गले प्रकट भयो : ओली « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र नाङ्गो ढङ्गले प्रकट भयो : ओली


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै आक्रोश पोखेका छन्।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा एसले दक्षिणपन्थी अवसरवादलाई नाङ्गो ढङ्गले प्रस्तुत गरेको आरोप लगाएका हुन्।

उनले भने, नयाँ समीकरणमा नेकपा एस भन्ने पार्टी छ एउटा, त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने, हामीभन्दा पृथक् हुने हो भने अर्को गुटबाट जाने काँग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा निःशुल्क सेवा पनि नाउपाको गर्न सक्ने भनेर मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो। नेकपा एसमा अराजनीतिक निर्णय गर्‍यो। जुन सही दिनमा राजनीति फर्किँदै थियो।

उनले जनतामा आशा पलाइरहेको बेलामा अहिले आन्तरिक रूपमा विपक्षीहरूको आशा पलाउने गरी नेकपा एसले कदम चालेको बताए।

उनले थपे, ‘आन्तरिक रूपमा त्यसका बार्गेनिङ छदैँ थियो। यो समीकरणबाट नाउपालाई समर्थन नगर्ने काँग्रेस केन्द्रित समीकरणबाट गर्ने, दक्षिणपन्थी अवसरवादको चरित्र नाङ्गो ढङ्गबाट देखियो। यस्तो नहुनुपर्ने थियो। कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरूको विपक्षमा गर्दैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस