आज सुनको मूल्य बढ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज सुनको मूल्य बढ्यो


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस