आइपिएलमा कोलकाताको चौथो जित, लखनऊ ८ विकेटले पराजित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आइपिएलमा कोलकाताको चौथो जित, लखनऊ ८ विकेटले पराजित


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिलिप साल्टको उत्कृष्ट प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित हात पारेको छ ।

१६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ रनमा नट आउट रहे । श्रेयस ऐर ३८ बलमा ६ चौकासहित ३८ रनमा नट आउट रहे । सुनिल नारायण ६ रनमा आउट भएका थिए । लखनऊका मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लखनऊका निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रन बनाए । क्विन्टन डि कक १०, लोकेश राहुल ३९, दीपक हुँडा ८, आयुश बदोनी २९ र मार्कस स्टोइनिसले १० रन बनाए ।

कोलकाताका मिचेल स्टार्कले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । वैभव आरोरा, सुनिल नारायण, बरुणचक्रवर्ती र आन्द्रे रसेलले १-१ विकेट लिए ।

कोलकाता ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थनमा छ । राजस्थान रोयल्स ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ ।

लखनऊ ६ खेलमा समान ३ मा जित र हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । आजको अर्को खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस