गणतन्त्रलाई संस्थागत विकास गर्ने तर्फ लाग्न आग्रह « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

गणतन्त्रलाई संस्थागत विकास गर्ने तर्फ लाग्न आग्रह


२ बैशाख २०८१, आइतबार


भरतपुर । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरू मिलेर गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने खाँचो औँल्याएका छन् । 

नेपाली काँग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस सबै राजनीतिक दलको अभिभावक भएको दाबी गरे ।   

उनले भने, “पार्टीप्रति आमनागरिकले देखाएको विश्वासलाई मर्न दिइने छैन ।  जनताको भावना अनुसारका समसामयिक मुद्दालाई पार्टीले सधैँ प्राथमिकतामा राखेर समाधान गर्दै आएको छ ।  यही कारण अहिलेसम्म काँग्रेसप्रति जनताका आस्था नटुटेको हो ।” सो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइरालालगायतले पार्टीलाई बलियो बनाउँदै लैजान आन्तरिक एकतामा जोड दिनुपर्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस