इरानी आक्रमणविरुद्ध अमेरिका र बेलायत इजरायलको रक्षामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इरानी आक्रमणविरुद्ध अमेरिका र बेलायत इजरायलको रक्षामा


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ ।

सीबीएस न्युजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन् । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने नखुलाइएको बीबीसीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

उता, बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको बीबीसीले लेखेको छ । बेलायतको रक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इङ्गल्याण्डका प्रधानमन्त्री ऋषि सु नकले इरानको आक्रमणको आलोचना गर्दै इजरायललाई समर्थन गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस