कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान 


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान भएको  छ । त्रिपुरेश्वरको कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान भएपछि सबै हाजिरी फाइलहरू फालिने भएका छन् ।

नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि रजिष्ट्रारको कार्यालयका सबै कर्मचारीहरूले डिजिटल हाजिरी लगाउने भएका हुन् । कार्यालयमा ‘जेआइएमएस’ हाजिरी प्रणालीले ईन्फोटेकद्वारा लगाइएको हो ।

रजिष्ट्रारको कार्यालयका कर्मचारीहरूले पूर्णरुपमा डिजिटल हाजिरी नयाँ वर्षदेखि लगाउने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । 

अब कर्मचारीहरूले वायोमेट्रिकमार्फत औँठा छापबाट डिजिटल हाजिरी लगाउनेछन् । रजिष्ट्रारको कार्यालयमा सरुवा, काज र करार गरेर जम्मा ७१ जना कर्मचारी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस