संसद् बैठक भोलीसम्मका लागि स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद् बैठक भोलीसम्मका लागि स्थगित


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए ।

काँग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस