मन्त्री श्रेष्ठले भने-रेमिट्यान्स र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री श्रेष्ठले भने-रेमिट्यान्स र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् ।

मंगलवार काठमाडौँमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताए ।

परराष्ट्र मन्त्री श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवर्द्धनसहित व्यापार घाटा कम गर्नु पर्ने अहिलेको आवश्यकता भएको दाबी गरे । उनले त्यसको लागि निजी क्षेत्र र सरकार पक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा जोड दिए । उनले पुँजी वृद्धि,पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकास र व्यापार घाटा कम गर्न आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए ।

उनले सरकारले उत्पादन, रोजगारीमा वृद्धि ,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धनमा जोड दिने बताए । उनले आर्थिक क्रियाकलापलाई गति दिनको लागि सरकारको नीति योजना र बजेट त्यहीअनुसार हुनुपर्ने आवश्यकता रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस