आम्दानीले थेग्न सक्ने ब्याजदर भए मात्र कर्जा लिनू : राष्ट्र बैंक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आम्दानीले थेग्न सक्ने ब्याजदर भए मात्र कर्जा लिनू : राष्ट्र बैंक


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आम्दानीले थेग्ने ब्याजदर भए मात्र कर्जा लिन अनुरोध गरेको छ ।

पछिल्लो समय आम्दानी भन्दा ज्यादा बढी ऋण लिने र तिर्न नसक्ने परिपाटी बढ्दै गएपछि बैंकले सूचना नै निकालेर आम्दानी र ब्याजको तालमेल मिलाएर मात्र कर्जा लिन भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले व्यक्ति लक्षित घर कर्जा, सवारी साधन कर्जा जस्ता कर्जाहरू प्रस्ताव गर्ने गरेका छन् । यस्तो कर्जाको भुक्तानी अवधि निश्चित हुन्छ भने ब्याजदर परिवर्तनशील र स्थिर हुन्छन् ।

स्थिर ब्याजदरमा तोकिएको अवधिभर परिवर्तन गर्न पाइँदैन भने परिवर्तनशील ब्याजदरमा बेस रेटको परिवर्तन सँगै ब्याजदर परिवर्तन हुन्छ तर प्रिमियम भने परिवर्तन हुँदैन ।

नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिले स्थिर ब्याजदरमा कर्जा लिए आम्दानी र कर्जाको ब्याजदरबीच तालमेल मिलाउन सहज हुने भएकाले कस्तो खालको ब्याजदर लागू हुँदैछ विचार गरेर मात्र कर्जा लिन बैंकले भनेको हो ।

कर्जाको प्रिमियम दर कति छ शुल्क के कस्ता लाग्छ सो बारे बुझेर कर्जा लिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस