सुनसरीका दुई गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुनसरीका दुई गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । सुनसरीका दुई गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हरिनगर गाउँपालिका क्षेत्र र देवानगंज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

शुक्रवारदेखि जारी गरिएको कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । सामाजिक, धार्मिक, राजनीतिक सभा, –याली/भेला/ प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्ने/नगराउने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

यसअघि इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा बिहान १० बजेसम्मका लागि कर्फ्यु जारी भएको थियो । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि बनेको अवस्थालाई नियन्त्रणमा लिन शुक्रवारदेखि नै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस