उपनिर्वाचन : आयोगले उजुरीमाथि छानबिन गरी आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचन : आयोगले उजुरीमाथि छानबिन गरी आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने 


२६ चैत्र २०८०, सोमबार


Nirbachan_nirwachan_election

काठमाडौँ । आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज निर्वाचन आयोगले छानबिन गर्ने भएको छ । 

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ । 

उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ । 

यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस