ग्लोबलबाट निकालेर मनी ट्रान्सफर लैजाने क्रममा पेस्तोल देखाएर लुटियो साढे १५ लाख « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

ग्लोबलबाट निकालेर मनी ट्रान्सफर लैजाने क्रममा पेस्तोल देखाएर लुटियो साढे १५ लाख


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

डीएसपी सापकोटाका अनुसार उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशङ्का छ । उनीहरूको खोजी कार्य तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस