उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने


२५ चैत्र २०८०, आइतबार


Nirbachan_nirwachan_election

काठमाडौँ । उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।  त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा  १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

२६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस