बलात्कार मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बलात्कार मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएको प्रहरीको भनाई छ ।

ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस