गुल्मीमा विद्युतीय माइक्रो बस सञ्चालन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गुल्मीमा विद्युतीय माइक्रो बस सञ्चालन


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएका छन् । मैत्री यातायात प्रालिले १० वटा विद्युतीय माइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरु गरेको हो ।

बिहीबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले यातायात सेवाको शुभारम्भ गरेका हुन् । उनले विद्युतीय गाडी आर्थिक हिसाबले मितव्ययी र वातावरणमैत्री भएकाले सबैले यसको प्रयोग गर्नुपर्ने बताए ।

मैत्रीले विद्युतीय गाडीबाट सिमलटारीदेखि पाल्पा, बुटवलसम्म सेवा दिन सुरु गरेको प्रालिका सञ्चालक सदस्य काशीराम पाण्डेले जानकारी दिए । मैत्रीले सिमलटारीदेखि सुनौली नाकासम्मको रुट प्रमिट पाएको छ । उनका अनुसार एउटा गाडीको मूल्य ५६ लाख परेको छ । गाडीमा १४ सिट क्षमता छ ।

मैत्रीले विद्युतीय गाडीको भाडासमेत अन्यको तुलनामा कम कायम गरेको छ । प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले डिजेल गाडीको तुलनामा २५ प्रतिशत कम भाडा तय गरिएको बताए ।

मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्जिङ स्टेशनसमेत निर्माण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस