राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको तयारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको तयारी


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

एक नेताका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गरेपछि पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस