उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन


२२ चैत्र २०८०, बिहिबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । बिहीबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको जनाएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका निम्ति एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । प्रदेशसभातर्फ बझाङ १(क)मा हुने उपनिर्वाचनका निम्ति ६१ हजार ७४८ मतदाता कायम भएका छन् । आयोगले उपनिर्वाचनलक्षित गत फागुन २९ देखि चैत ५ गतेसम्म देशभर मतदाता नामावली संकलन गरेको थियो ।

आयोगका अनुसार हाल देशभर एक करोड ८० लाख ८८ हजार ९८३ मतदाता छन् । ८८ लाख ८६ हजार २२६ महिला र ९२ लाख दुई हजार ५६९ पुरुष अन्तिम मतदाता नामावलीमा समावेश भएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस