राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारको गठनमा सत्ता गठबन्धनलाई साथ नदिने औपचारिक निर्णय गरेको छ । आज राप्रपाको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

केही दिनअघि राप्रपाको कार्यसम्पादन समितिले तत्काल सरकारमा सहभागी नहुने निर्णय लिएको थियो । साथै, कुनै दललाई समर्थन दिनुपर्ने अवस्था आएमा सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी अध्यक्षले निर्णय लिन सक्ने भनिएको थियो । आज बसेको पदाधिकारी बैठकले भने सत्ता गठबन्धनलाई समर्थन नगर्ने ठोस निर्णय लिएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशमा पुरानो र नयाँ सत्ता गठबन्धनले राप्रपाको साथ खोजिरहेका छन् । तर, कुनै पनि प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस