आयरल्यान्ड ‘ए’ विरुद्ध कमलसिंह ऐरीले लिए ह्याट्रिक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आयरल्यान्ड ‘ए’ विरुद्ध कमलसिंह ऐरीले लिए ह्याट्रिक


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । आयरल्यान्ड ए विरुद्धको म्याचमा नेपाल ‘ए’ का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका छन् । उनले ३९ औँ ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे ।

ऐरीको ह्याट्रिक विकेटसँगै नेपाल ‘ए’ विरुद्धको पहिलो एक दिवसीयमा आयरल्यान्ड ‘ए’ १५७ रनमा समेटिएको छ । ऐरीले चार विकेट लिन सफल भए ।

३९ औँ ओभरको पहिलो बलमा लियाम म्याककार्थीलाई साहब आलमको हातबाट ऐरीले क्याचआउट गराए । दोस्रो बलमा म्याथु हुम्फ्रेजलाई बोल्ड गरे भने तेस्रो बलमा बेन ह्वाइटलाई पनि बोल्ड गरे । ऐरीले ६.३ ओभर बलिङ गर्दा २१ रन खर्चेर चार विकेट लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस