Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

 काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


२१ चैत्र २०८०, बुधबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो । 

हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर-गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन ।  सभापति देउवाले बैठकमा इलाम-२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन । 

नेता कोइराला र थापाले इलाम-२ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम-२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो । नेता कोइराला र महामन्त्री थापाले आचार्यको नाममा अडान लिएपछि बैठक निष्कर्ष टुङ्गिएको छ ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस